पर्यटनमन्त्री भट्टराईले सोमबार देखी बधाई थाप्न समय नछुट्याउने

Prabhu Bank

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बधाई, शुभकामना ग्रहणका लागि समय नछुट्टयाउने बताएका छन्।

Saftey Pads

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा मन्त्रालयको कार्यव्यस्तताले गर्दा शुभकामना तथा बधाईका लागि समय उपलव्ध गराउन कठिनाई हुने बताएका हुन्।

“यहाँहरूले मप्रति देखाउनु भएको भरोसा र विश्वास कहीँ कतै टुट्न नदिने र यहाँहरू सवैको सल्लाह र सुझाव लिएर लक्ष्य प्राप्तिमा क्रियाशिल रहने विश्वास दिलाउन चाहन्छु । शुभकामना र बधाई दिने क्रममा सार्वजनिक भएका केही तस्बिरहरूलाई लिएर मप्रति अन्यथा नवुझिदिनहुन सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु, उनले लेखेका छन्।

मन्त्रीको पदबहाली लगत्तै पत्रपत्रिकामा बधाई, शुभकामना नछाप्न आफूलाई आइस्योस् गइस्योस् भनेर उच्च आदरार्थी शब्द प्रयोग नगर्न आग्रह गरे पनि तीनदिन शुभकामना र बधाईमै समय खर्च भएको थियो।

अन्य सम्बन्धित समाचार:  बेल्जियम फिफा विश्व वरीयताकाे शीर्ष स्थानमा

Maruti Cement