सोमबार ११ बजे बोलाइएको संसद्‌ बैठक १ बजेलाई सर्‍यो

Prabhu Bank

काठमाण्डौ । प्रतिनिधिसभाको सोमबार ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ।

Saftey Pads

सर्वदलीय बैठक बस्नै ढिला भएपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठक दिउँसो १ बजेका लागि बोलाएको हो।

सर्वदलीय बैठक बस्न नसक्दा ११ बजेबाट संसद बैठक सुरु गर्ने कार्यतालिका प्रभावित भएको छ। संसद सचिवालयले अवरुद्ध सदन खुलाउन दलहरुसँग छलफलका लागि भन्दै बैठक सारिएको जनाएको छ ।

प्रतिपक्षी दलहरूले सर्लाहीका दुई घटनामा प्रहरीले गोली चलाएको विषयमा संसदीय छानबिन माग गर्दै आएका छन्। तर सत्तारूढ दलहरूले संसदीय छानबिन अस्वीकार गर्दै आएका छन्।

सभामुख महराले पनि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई छानबिनको जिम्मा दिन प्रस्ताव गर्दै आएका छन्। तर प्रतिपक्षी दलहरूले संसदीय छानबिनको अडान छाडेका छैनन्।

अन्य सम्बन्धित समाचार:  निर्मला हत्या प्रकरण : निलम्बित प्रहरीलाई सेवामा फर्काउने तयारी

सभामुख महराले संसद सुचारु गराउने विषयमा नयाँ बानेश्वरस्थित संसद भवनमा सर्वदलीय बैठक डाकेका छन्। तर दलहरूबीच सहमतिको सम्भावना भने न्यून छ।

संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले दलहरूबीच बैठक खुलाउने विषयमा छलफल जारी रहेको उल्लेख गर्दै १ बजेसम्मका लागि बैठक सरेको सूचना प्रकाशित गरेका छन् ।

Maruti Cement