हेटौंडामा एक अधिकृत घुससहित रंगेहात पक्राउ

Prabhu Bank

काठमाडौं । घुस रकमसहित उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुरका अधिकृत (आठौं तहका) चन्दनकुमार अमात्य पक्राउ परेका छन्।

Saftey Pads

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको ५० हजार रुपैयाँ घुससहित आइतवार रंगेहात पक्राउ गरेको हो।

उद्योग दर्ता गर्न आईईई प्रतिवेदन स्वीकृत गर्ने नाममा सेवाग्राहीसँग लिएको घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

आईईई प्रतिवेदन स्वीकृत गर्ने नाममा विभिन्न बहाना बनाई घुस रकम मागेको सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो। निजमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  व्यावसायिक रबर खेतीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
Maruti Cement