सीआईबीको प्रहरी हुँ भन्दै लुट्ने दुई जना काठमाडौंबाट पक्राउ

Prabhu Bank

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत हुँ भन्दै लुट्दै हिँड्ने दुई युवक पक्राउ परेका छन्।

Saftey Pads

प्रहरीले काठमाडौंको धुम्बाराहीस्थित स्कुलचोकमा उदयपुरको शिरिशे घर भई काठमाडौंको कपनस्थित तेन्जिङचोक बस्ने २३ वर्षीय दोर्जे तामाङ र १९ वर्षीय नोर्बु तामाङलाई पक्राउ गरेको हो।

सिआइबीको प्रहरी हुँ भन्दै पोखराका ईश्वर घतानेको साथबाट एक थान मोबाइल र ६ हजार रुपैयाँ लुटेको उजुरीको आधारमा महाराजगञ्ज प्रहरी वृतले प्रकाउ गरेको हो।

महाराजगञ्ज वृतका सादा पोसाकमा रहेका प्रहरीले हुलियाको आधारमा लुटेरालाई प्रकाउ गरेको वृतका डियस्पी फणिन्द्र प्रसाइले बताए।

लुटेराको साथबाट प्रहरीले चार थान मोबाइ, बा ६६ प ३४८१ नम्बरको स्कुटर बरामद गरेको छ।

अन्य सम्बन्धित समाचार:  फेरि घट्यो सुनको भाउ
Maruti Cement