सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको ६७ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाडौं । सुनको मूल्य लगातार उकालो लागेको छ। आज एकैदिन तोलामा १५ सय रुपैयाँ वृद्धि भएर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।

आइतबार तोलामा ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ६७ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी पनि तोलामा २० रुपैयाँ बढेर ७ सय ९५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको र अमेरिका र चीन बीचको व्यापार युद्धको असर अन्तर्राष्ट्रिय शेयर बजारमा पर्दा सुनको भाउ आकाशिएको व्यवसायीको भनाइ छ। मूल्य बढेपछि किन्नेभन्दा विक्री गर्ने ग्राहक बढेका महासंघले जनाएको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी