विप्लवका रामेछाप जिल्ला इन्चार्जसहित ३ जना पक्राउ

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी विप्लवका रामेछाप जिल्ला इन्चार्जसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

एनसेल टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेल, सक्रिय जिल्ला सदस्य अनिल रायमाझी र सुन्दर रायमाझीलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको हो।

काभ्रेको धुलिखेल–५ स्थायी घर भएका ढुंगेल विप्लवका रामेछाप जिल्ला इन्चार्ज हुन्। ढुंगेललाई काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले ढुंगेललाई टावर आगजनी कसुरमा आइतबार बेलुका पक्राउ गरेको बताए।

यस्तै रायमाझीहरुलाई २०७६ बैसाख १ गते विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको क्रममा पनौती–७ खोपासीमा विष्फोटक पदार्थ राखेर आंतक सृजना गरेको आरोपमा पक्राउ गरेको उनको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–नेपाल समूहले माघ २८ गतेको प्रदर्शन हालसम्मकै विशाल बनाउने

पक्राउ परेका तीनैलाई जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद थप गरेर अनुशन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।