अवरुद्ध संसद् बैठक सुचारु

Prabhu Bank

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपासँग सहमतिपछि संसद बैठक सुरु भएको छ।

Saftey Pads

सोमबार सभामुख कृष्णबहादुर महराले आयोजना गरेको सर्वदलीय बैठकमा सत्तारुढ नेकपा, प्रतिपक्षी कांग्रेस र राजपाबीच सहमति भएको हो।

सर्लाहीमा भएका दुई घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै कांग्रेस र राजपाले संसद अवरुद्ध गर्दै आएका थिए। सोमबारको बैठकमा छानबिन नभइ अध्ययन सुझाब समिति बनाउन दुबै पक्ष सहमत भएका हुन्।

कांग्रेस र राजपा संसदीय छाबिन समिति बनाउने मागबाट पछि हटेको र सत्तारुढ नेकपा अध्ययन तथा सुझाब समिति बनाउन सहमत भएपछि संसदको अवरोध हटेको हो।

अन्य सम्बन्धित समाचार:  तेजाबलगायत तीन अध्यादेश जारी
Maruti Cement