ट्रकले किच्दा ३ वर्षीय बालकको मृत्यु

Prabhu Bank

संखुवासभा । मालवाहक ट्रकले किच्दा संखुवासभामा एक जना बालकको मृत्यु भएको छ।

Saftey Pads

धर्मदेवी नगरपालिका–३ मुढेबजारका घनराज अधिकारी र रिता अधिकारीको ३ वर्षीय छोरा आदित्यको सोमबार घटनास्थलमा न ज्यान गएको हो।

नागपञ्चमीको दिन शिवालयमा पूजा गरेर फर्किने क्रममा इटहरीबाट खाँदबारीतर्फ आउँदै गरेको ना ४ ख २९०० नम्बरको ट्रकले किच्दा मृत्यु भएको प्रहरीले जनाएकोे छ।

मुढे बजारको बसपार्क आइपुग्ने बेलामा ओरालो सडकमा अताल्लिएर ब्रेक नलागेको कारण दुर्घटना भएको ट्रकचालक प्रेम मगरले बताए। ट्रकचालक मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  पहिराेले बेँसीशहर–चामे सडक अवरुद्ध
Maruti Cement