नेतृत्वदायी र प्रभावकारी भूमिका निर्वाह गर्नुसः पुष्पा भूसाल

Prabhu Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्प भुसालले सभामुख कृष्णबहादुर महरालाई संसदमा नेतृत्वदायी र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेकी छिन्।

Saftey Pads

संघीय संसदको सोमबार बसेको प्रतिनिधिसभा बैठकको सुरुवातमै नेतृ भुसालले सभामुख महरालाई कांग्रेसले उठाएका माग सम्बोधनका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सभामुख महरासँग आग्रह गरेकी हुन्।

सचेतक भुसालले लोकतनत्र अझै बलियो बनाएको अनुभूति संसदबाट नेपाली जनताले आभाष प्राप्त गर्न चाहेको पनि बताइन्।

कांग्रेस सचेतक भुसालले अवरुद्ध हुँदै आएको संसद सञ्चालनका लागि कांग्रेसले सभामुख महराको सक्रिय पहलकदमीको अपेक्षा गरेको बताइन् ।

सभामुख महराले संसदको गतिरोध हटाएर संसदलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि नेतृत्वदायी भूमिका खेल्नेमा कांग्रेस विश्वस्त रहेको उनको भनाइ थियो ।

अन्य सम्बन्धित समाचार:  चितवनको सौराहामा छ महिनापछि खुल्यो हात्ती सफारी
Maruti Cement