कुन राजेन्द्र महतोको नागरिकता खारेज गरेको होः सांसद महतो

Prabhu Bank

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले आफ्नो नागरिकता खारेज भयो भनेर झुटो प्रचार भएको भन्दै आपती जनाएका छन्।

Saftey Pads

सोमबार संसदलाई सम्बोधन गर्दै उनले सरकारले आफ्नो मानहानी गरेको माफी माग्न माग गरेका हुन्। उनले भ्रमको खेती नगर्न सरकारलाई चेतावनी दिए।

आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बास्कोटाले ८ जनाको नागरिकता खारेज भएको भनी जानकारी दिएका थिए। नागरिकता खारेज हुनेमध्ये एक राजेन्द्र महतो नाम गरेका व्यक्ति पनि थिए।

त्यसलाई लिएरसांसद महतोले आपत्ति जनाए। संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा सरकारले पूरा सूचना नदिएको भन्दै उनले भने, ‘कुन राजेन्द्र महतो हो ? राजेन्द्र महतो नाम गरेको व्यक्ति त हजारौं छ ।’

अन्य सम्बन्धित समाचार:  बझाङमा सम्झना कामीको बलत्कारपछि हत्या

नागरिकता खारेज भएका व्यक्तिको पूर्ण विवरण सार्वजनिक नगरी सरकारले आफ्नो नागरिकता खारेज भएको भनी भ्रमको खेती गर्न खोजेको भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाए।

सांसद महतोले यदि कृष्णबहादुर महरा महाडकैत भएको र उनलाई आजीवन कारावास सजाय मात्र भनियो भने के हुन्छ भन्ने प्रश्न गरे। यो घटनामा आफ्नो मानहानी भएको भन्दै माफी माग्न सरकारसँग माग गरे ।

Maruti Cement