फिल्म ‘मारुनी’को ट्रेलर सार्वजनिक

Prabhu Bank

काठमाण्डौ । फिल्म ‘मारुनी’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो।

Saftey Pads

ट्रेलरमा साम्राज्ञीको पुष्प प्रति पागल प्रेम देखाइएको छ। त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भुमिका रहेको छ।

फिल्ममा उनीहरुको साथै आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ। नवल नेपालले निर्देशन गरेको फिल्मलाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन्।

यो फिल्मको कथा निर्देशक नेपाल र गोविन्द्र फुयालले तयार पारेका हुन्। संजय लामाले छायांकन गरेको फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरेका छन्। यो फिल्म भदौ १३ गते देखि प्रदर्शन हुँदैछ।

अन्य सम्बन्धित समाचार:  जापानी अभिनेत्री युको तेकउचीको निधन

ट्रेलर हेर्नुहोस्

Maruti Cement