हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ८२ जना पक्राउ

Prabhu Bank

काठमाण्डौ । सुपुर्दगी विधेयकविरुद्धको हङकङमा सोमबार भएको आम हडतालका क्रममा प्रहरी र आन्दोलनकारीबीच झपड भएको छ।

Saftey Pads

सोमबार बिहान तिनशुई वाईमा भएको प्रदर्शनमा झडप भएको हो। प्रहरीले ८२ प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने भिडलाई नियन्त्रणमा लिनका लागि अश्रुग्यास समेत प्रहर गरेको छ। झपडपछि उक्त सोमबार बिहान तिनशुई वाईमा भएको प्रदर्शनमा झडप भएको हो।

प्रहरीले ८२ प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने भिडलाई नियन्त्रणमा लिनका लागि दर्जनौँ सेल अश्रुग्यास समेत प्रहर गरेको छ। झपडपछि उक्त स्थानको अवस्था अहिले पनि तनावपूर्ण छ।

हङकङ बासिन्दा भनेर आह्वान गरिएको सहरब्यापी आम हडताललाई प्रजातान्त्रिकवादीहरुको समर्थन रहेको छ। हडताल सोमबार १ बजे एडमिराल्टीको तामार पार्क, सेन्ट्रल, वान चाई, सातिन टाउन हल प्लाजा, चुन मुन पार्क, चुनवान पार्क, वोङ ताईसिन स्क्वायर, मोङ कक, र ताई पो मा एकै साथ विशाल जुलुस निकालिएको छ।

अन्य सम्बन्धित समाचार:  लागुपदार्थ सम्बन्धी साेधपूछमा किन राेइन् दीपिका पादुकोण?

यीमध्ये धेरै क्षेत्रमा प्रहरी र प्रदर्शनकारीहरुबीच व्यापक झपड भइरहेको छ। प्रदर्शनकारीहरूले एड्मिराल्टी हार्कोर्ट रोड, मङ्कोक नाथन रोड र लुङ चुंग रोडमा नाकाबन्दी गरेका छ्न् भने पुलिसले धेरै स्थानमा प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेका छन्।

आन्दोलनकारीहरुले सोमबार बिहानबाटै यातायात अवरोध गरेका छन् भने सोमबार दिउँसो पूर्ण–असहयोग आन्दोलन शुरू गरेका छन्। सहरव्यापी हडतालका क्रममा शहरको सात स्थानमा एकै पटक जुलुस गर्ने योजना रहेको प्रदर्शनकारीले बताएका छन्।

Maruti Cement