लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखको रुलिङ

Prabhu Bank

काठमाडौं । सभामुख कृष्णबहादु महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः सरकारलाई रुलिङ गरेका छन्।

Saftey Pads

सोमबारको प्रतिनिधिसभाको बैठकमा गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न रुलिङ गरेका हुन्।

यसअघि धारणा राख्ने क्रममा राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सभामुख र नेकपा अध्यक्ष पुष्पकमल दाहाललको नाम पनि लिएको भन्दै सत्तारुढ दलका सांसदहरुले नियमापत्ति जनाएपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावलिको दफा २१ को ख र ङ बमोजिम प्रतिकुल हुने गरि प्रयोग भएका शब्दहरु रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए।

यसअघि अध्ययन तथा सुझाव विशेष समितिमा रहने सदस्यहरुको नाम सुनाएपछि सभामुखले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः सरकारलाई रुलिङ गरेका थिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए
Maruti Cement