उदयपुर कारगारमा एकैपटक ११६ जना कैदीबन्दी बिरामी

Prabhu Bank

उदयपुर । जिल्ला कारागार उदयपुरमा ठूलो संख्यामा कैदीबन्दी बिरामी परेका छन्। दुषित पानीका कारण १७३ कैदीबन्दी रहेको कारागारमा ११६ जना बिरामी परेका हुन्।

Saftey Pads

उनीहरूमा भाइरल ज्वरो, रुघाखोकी र पखाला देखिएको जेलर कुमारबहादुर खड्काले बताए। एकैसाथ धेरै कैदीबन्दीमा यसप्रकारको विमार देखिएपछि प्रमुख जिल्ला अधिकारी धु्रबबहादुर खड्कासहितको पहलमा जिल्ला अस्पताल उदयपुरबाट ३ चिकित्सकसहित १५ जनाको टोलीले स्वास्थ्य जाँच तथा उपचार गरेको उनले बताए।

शनिबार २ ३ जनालाई ज्वरो आएपछि एकै ठाउँमा रहेका अन्य बिरामीमा पनि फैलिएको उनले बताए। वर्षा मौसममा खोलाबाट आउने खानेपानी धमिलो र दुषित आउने गरेपछि कैदीबन्दीमा भाइरल प्रकोप ज्वरो देखापरेको हो।

बिरामी परेसँगै अहिले कारागारले सबै कैदीबन्दीलाई पानी तताएर पिउने व्यवस्था गरिएको कारागार प्रशासनले जनाएको छ। ५० जना क्षमता रहेको कारागारमा तेब्बर बढी कैदीबन्दी छन्।

अन्य सम्बन्धित समाचार:  रोटरीबाट पत्रकार पुरस्कृत

कारागारमा आमासँग आश्रित ४ नाबालिका रहेका छन्। २०३६ सालमा निर्मित कारागारको भौतिक संरचना पनि जीर्ण अवस्थामा छ।

Maruti Cement