महाकाली नदीले खतराको संकेत पार गर्‍याे, महेन्द्रनगर क्षेत्र जलमग्न

Prabhu Bank

कञ्चनपुर । सोमबार रातिबाट परेको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेर खतराको संकेत पार गरेको छ।

Saftey Pads

कञ्चनपुर लगायत चुरे क्षेत्रमा भएको वर्षाले महाकाली नदीको सतह खतराको संकेत पार गरेको हो।

महाकाली नदीमा पानीको बहाव १ लाख १३ हजार क्यूसेक पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ।

नदीमा पानीको बहावले खतराको संकेत पार गरे पनि भारतले शारदा ब्यारेज (पुल) मा चारपांग्रे सवारीसाधानमा रोक लगाइएको छ। महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि खतरा मान्ने गरिन्छ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार वर्षाका कारण कञ्चनपुरका साना तथा ठूला नदीहरुमा पानीको सतह बढेको छ।

अन्य सम्बन्धित समाचार:  दुई दिन बिदाको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्दै पर्यटन मन्त्रालय

सोमबार रातिबाट परेको वर्षापछि महेन्द्रनगर क्षेत्र डुबानमा परेको छ। वर्षाका कारण भिमदत्त नगरपालिकाको महेन्द्रनगर बजार, सुकुम्बासी टोल, बसपार्क क्षेत्र, ऐठपुर, भगतपुरको खोल्टी, जिमुवा क्षेत्रमा लगायतका क्षेत्र डुबानमा परेका छन्।

भिमदत्त नगरपालिका(९ मा ८ वटा घरमा पानी पसेको प्रहरीले जनाएको छ। डुबानमा परेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ।

Maruti Cement