नेपाल प्रहरीले दियो काठमाडौंका ट्राफिक प्रहरीलाई कालो चस्मा

Prabhu Bank

काठमाडौं । नेपाल प्रहरीले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरेको छ ।

Saftey Pads

काठमाडौं उपत्यकामा भएको धुलो, धुवाँबाट बच्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको हो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीलाई नमूना सङ्गठनको रूपमा विकास गर्ने नीतिअनुसार उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको हो।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको धुलो धुवाँबाट बच्न तथा सडकमा ‘स्मार्ट’ देखिने भएकाले उक्त चस्मा वितरण गरिएको जानकारी दिए।

हाल काठमाडौं उपत्यकामा मात्र १ हजार ४ सय हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन्।

अन्य सम्बन्धित समाचार:  वामदेवका कारण मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ
Maruti Cement