एम्बुलेन्स दुर्घटनामा ११ जना घाइते

Prabhu Bank

काठमाण्डौ । उदयपुरमा एम्बुलेन्स दुर्घटनामा ११ जना घाइते भएका छन्।

Saftey Pads

मंगलबार बिहान झापाबाट उपचार गरी घर फर्केकालाई लिएर गाईघाटतर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स साढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका-६ चुरेमा अनियन्त्रित भई दुर्घटना भएको होे।

दुर्घटना परी त्रियुगा नगरपालिका ६ का सदहरुल मिया, निजको छोरी २८ वर्षीया सहिजा मिया, सोही स्थान बस्ने ३५ वर्षीय मोहम्मद हमिद, ४० वर्षीया सहिपुन खातुन, ७५ वर्षीया हजरा खातुन, त्रियुगा नगरपालिका १२ की ३२ वर्षीया अम्बिका विक र उनका छोरा ११ वर्षीय अशोक विक घाइते भएका हुन्।

घाइते सबै जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ भने चालक र एम्बुलेन्स ईलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कोराेना कहरमा यातायात व्यवसायी: रित्तै गुड्नुपर्ने बाध्यता
Maruti Cement