धनगढी बमकाण्डः घाइते लक्ष्मण सेरेलालाई हिरासतमा लगियो

Prabhu Bank

कैलाली । गएको साउन २ गते धनगढीमा भएको बम विस्फोटमा परि घाइते भएका लक्ष्मण सेरेला पक्राउ परेका छन्।

Saftey Pads

१९ दिनसम्म प्रहरी निगरानीमै उपचार गरी उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा लगिएको हो।

साउन २ गते धनगढीको शहीद गेट नजिक निलम होटलमा बम विस्फोट भएको थियो । नेत्रविक्रम चन्द ’विप्लव’ समूहका राम सिंह र लक्ष्मण सेरेलाले बोकेको बम विस्फोट भएको हो।

विस्फोटमा परि घाइते राम सिंहको घटना भएकै राति उपचारको क्रममा ज्यान गएको थियो भने लक्ष्मणको माया मेट्रो अस्पतालमा उपचार भएको थियो।

बम विस्फोटमा परि होटल सञ्चालकसहित पाँच जना घाइते भएका थिए।

अन्य सम्बन्धित समाचार:  रोटरीबाट पत्रकार पुरस्कृत
Maruti Cement