सुनको मूल्य ६८ हजार पुग्यो

काठमाण्डौ । केही दिनयता उच्च नयाँ रेकर्ड बनाएको सुनको मूल्य मंगलबार ६८ हजार पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको मूल्य प्रतितोला ६८ हजार रुपैयाँ तोकेको छ। यसअघि सोमबार ६७ हजार ८ सय रुपैयाँ पुगेको थियो।

अन्तर्रा्ष्ट्रिय बजारमै सुनको मूल्य बढेपछि नेपालमा पनि महँगिएको महासंघले जनाएको छ। मंगलबार अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस अमेरिकी डलर १४ सय ६२ पुगेको छ।

अमेरिकी फेडरल रिजर्भ बैंकले व्याजदर ०. २५ प्रतिशतले घटाएसँगै केही दिनयता अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएको हो। व्याजदर घट्दा बैंकमा डलर जम्मा गर्नेहरुले सुनमा लगानी बढाउँछन्।

त्यस्तै अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्व कायम रहँदा पनि सुनको मूल्य बढेको हो।

तपाईंको प्रतिक्रिया/टिप्पणी