नागरिक स्तरबाट अनुगमन र खबरदारी आवश्यक छः विष्णु पौडेल

Prabhu Bank

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले विकास निर्माणका काममा सरकारी निकाय र स्थानीयको निरन्तर अनुगमन र खबरदारी आवश्यक रहेको बताएका छन्।

Saftey Pads

बुटवल कालिका क्याम्पसको भवन शिलान्यास गर्दै महासचिव पौडेलले बन्दै गरेका योजनाको गुणस्तर र समयमा पूरा गर्न भने स्थानीय स्तरबाट अनुगमन र खबरदारी गर्न आग्रह गरे।

रुपन्देही जिल्लामा चाहिने विकास निर्माणका लागि कुनै पनि कसर बाँकी नराख्ने भन्दै रुपन्देहीको विकासका लागि आफू सधैं अग्रभागमा रहेर काम गर्न तयार रहेको बताए। तर निर्माणका चरणमा रहेका आयोजनाहरूमा निरन्तर अनुगमन गर्न स्थानीयबाट अपेक्षा गरेको बताए।

अन्य सम्बन्धित समाचार:  ललितपुरमा महिलाको हत्या गर्ने रविकुमार ५ वर्षपछि मैतिदेवीबाट पक्राउ
Maruti Cement