आवश्यकता महसुस भए मात्र संविधान संशोधन हुन्छः मन्त्री बाँस्कोटा

Prabhu Bank

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाली जनता र सबै दलले आवश्यकता महसुस गरे मात्र संविधान संशोधन हुने बताएका छन्।

Saftey Pads

नेपाल पत्रकार महासंघ धनुषाको आयोजनामा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले संशोधनको समय, आवश्यकता र औचित्य पुष्टि भए मात्रै संशोधन गरिने बताएका हुन्।

एक अर्को प्रसंगमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले नेपाल सरकारका लागि विकास प्राथमिकतामा रहेको बताए। उनले बजेटको समयमै सदुपयोग गर्ने बाध्यात्मक व्यवस्था रहेकाले यस वर्षबाट विकास निर्माणका कार्यले गति लिने विश्वास व्यक्त गरे।

अन्य सम्बन्धित समाचार:  गाउँपालिकाका अधिकृत बलत्कारको आरोपमा पक्राउ
Maruti Cement