२० तोला सुनसहित दुईजना पक्राउ

Prabhu Bank

काठमाण्डौ । धादिङबाट २० तोला सुनसहित दुईजना पक्राउ परेका छन्।

Saftey Pads

प्रहरीले मंगलबार बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारबाट पाँच वटा टुक्रामा रहेको सुन सहित चितवन भरतपुर महानगरपालिका २ क्षेत्रपुर बस्ने ३३ वर्षीय सन्तोष बस्नेत र नवलपरासी मध्यबिन्दु नगरपालिका ७ बस्ने ३५ वर्षीय गोकुलमान श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ५८ प ६५५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  वामदेवका कारण मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ
Maruti Cement