बच्चाको मृत्यु भएपछि ग्राण्डी अस्पतालमा प्रदर्शन

Prabhu Bank

काठमाडौं । बच्चाको मृत्यु भएपछि मृतकका आफन्तले ग्राण्डी अस्पतालमा प्रदर्शन गरेका छन्।

Saftey Pads

गत असार २० गते जुडुवा बच्चा जन्माएकी गोल्फुटारकी निशा तामाङको जुडुवा मध्ये एक बच्चाको मृत्यु भएपछि उनीहरुले आन्दोलन गरेका हुन्।

निशाका श्रीमान दोर्जेका अनुसार असार ६ गते उनको एउटा बच्चाको मृत्यु भएको थियो। त्यही दिन उनीहरुले अर्को बच्चालाई ग्राण्डीबाट निकालेर इशान बाल अस्पताल र्पुयाएका थिए।

अस्पतालले इन्फेक्शनको कारणले बच्चाको मृत्यु भएको जनाएपनि दोर्जे यसलाई पत्याउन तयार छैनन्। उनी सामान्य अवस्थामा रहेको बच्चाहलाई अस्पतालले पैसाको लागि एनआइसियूमा राखेको आरोप लगाएका छन्।

जन्मिएको १८ दिनपछि बच्चाको मृत्युभएपछि उनीहरुले अस्पताललाई पटक पटक सत्य तथ्य छानबिन गर्न आग्रह गरे। तर, अस्पतालले वास्ता गरेन्। सोही कारण आन्दोलन गर्न बाध्य भएको बताए। आज आन्दोलनपछि भने उनीहरुको अस्पतालसँग छलफल भयो।

अन्य सम्बन्धित समाचार:  कपिलवस्तु: कोईली खोलामा बेपत्तामध्ये एक जनाको शव फेला

दोर्जेका अनुसार अस्पतालले गल्ती भएको स्विकार गर्दै चिकित्सकलाई कारवाही गर्ने बताएको छ। भोलि फेरि छलफल भएपछि के गर्ने हो टुंगो लाग्ने उनी बताए। यो विषयमा बुझ्न ग्राण्डी अस्पताललाई पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

Maruti Cement