किशोरीमाथि जर्बजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

Prabhu Bank

ललितपुर । १७ वर्षीया किशोरीमाथि जर्बजस्ती करणी गर्ने एक जना युवक पक्राउ परेका छन्। ललितपुर इमाडोल बस्ने दाङ घर भएकी किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ न्यूरोडस्थित प्रसिद्ध जब सेन्टर संचालन गरी बस्ने प्रकाश थारु पक्राउ परेका हुन्।

Saftey Pads

रुपन्देही सालझण्डी गाउँपालिका-६ घर भएका ३० वर्षीय थारुलाई २० साउनको साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ।

थारुले ती किशोरीलाई १९ साउनमा काठमाडौं महानगरपालिका-१३ बाफलस्थित कामक्ष गेष्ट हाउसमा जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अन्य सम्बन्धित समाचार:  भदै थारूको बाघसँग बसेको माया
Maruti Cement