गलत विधेयकविरुद्ध संसदमै कडा प्रतिवाद गर्छौः देउवा

Prabhu Bank

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रस्तुत हुने गलत विधेयकविरुद्ध संसदमै कडा प्रतिवाद गर्ने बताएका छन्।

Saftey Pads

मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा सभापति देउवाले अनुचित विधेयक ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्न खोजेको भन्दै संसदमा अनेकथरी विधेयक पास गर्न खोजेर हिट्लरको बाटोमा हिडेको आरोप लगाएका हुन्।

प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान वितरण समारोहमा उनले मिडिया विधेयक, गुठी विधेयक, मानवअधिकार आयोगसम्बन्धि विधेयकको संसदबाट विरोध गरेको उनले स्मरण गरे।

मानवअधिकार आयोग सम्बन्धि विधेयक ल्याएर सरकारले स्वतन्त्र आयोगको अधिकार सिमित गर्न खोजेको उनको आरोप थियो।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा सुपर ओभरमा बैंगलोर विजयी
Maruti Cement