शिक्षा मन्त्रालयका शाखा अधिकृतको खोलामा डुबेर मृत्यु

Prabhu Bank

काठमाण्डौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय योजना तथा अनुगमन शाखाका शाखा अधिकृत ऋषिकेश निरौलाको खोलामा डुबेर मृत्यु भएको छ।

Saftey Pads

संखुवासभाको खाँदबारी नगरपालिका–१ निवासी ४५ वर्षीय निरौलाको पौडी खेल्ने क्रममा सभाखोलामा डुबेर ज्यान गएको हो।

पौडी खेल्ने क्रममा डुबेका शाखा अधिकृत निरौलाको मनकामना पोलिक्निक तुम्लिङटारमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए।

उनी केही दिनअघि घर बिदामा संखुवासभा गएका थिए। निरौला तीन वर्षअघि खाँदवारी नगरपालिका प्रशासकीय अधिकृत भएर काम गरिसकेका थिए।

अन्य सम्बन्धित समाचार:  मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा
Maruti Cement