कश्मीर मामिलाः चीनले भन्यो, ‘भारतको कानून परिमार्जन अमान्य’

Prabhu Bank

काठमाडौं। चीनले भारत शासित जम्मू–कश्मीरले पाइआएको  विशेष राज्यको संवैधानिक मान्यता खारेज गर्ने निर्णय आफ्ना लागि स्वीकार्य नहुने बताएको छ।

Saftey Pads

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ हुआ चुनयिङले दक्षिण पश्चिम चीनको भूभागलाई समेत आफ्नो अधिकार क्षेत्रभित्र पार्ने गरी तयार पारेको लद्दाख युनियन टेरिटोरी निर्माण गरेको उल्लेख गरेकी छिन्।

‘कश्मीरबारे हाम्रो अडान दृढ र निरन्तर एउटै हुन्छ, त्यो कहिल्यै पनि परिवर्तन हुँदैन। भारतीय पक्षले चीनको भौगोलिक सार्वभौमिकतालाई लत्याउने गरी एक पक्षीय रुपमा गरेको घरेलु कानूनको परिमार्जन चीनलाई स्वीकार्य छैन।’ उनले भनेकी छिन्।

सीमा पर्ने चिनियाँ भूभागलाई भारतीय प्रशासनिक क्षेत्राधिकारमा राख्ने निर्णयको चीनले सधैँ विरोध गर्ने उनको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  टिकटकद्वारा अमेरिकी प्रतिबन्ध रोक्न ट्रम्प प्रशासन विरूद्ध मुद्दा दर्ता

भारतले सोमबार जम्मू–कश्मीर विशेष राज्यको अधिकार दिने भारतीय संविधानको अनुच्छेद ३७० खारेज गर्ने प्रस्ताव संसद्मा दर्ता गरेपछि चीनबाट पहिलो पटक यस्तो प्रतिक्रिया आएको हो।

 

Maruti Cement