पूर्व भारतीय विदेशमन्त्री सुश्मा स्वराजको निधन

Prabhu Bank

काठमाडौं। पूर्व भारतीय विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ।

Saftey Pads

६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा मङ्गलबार राति निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उनलाई राति १० बजेर २० मिनेटमा एआईएमएसको इमर्जेन्सी कक्षमा पुर्‍याइएको थियो। त्यसलगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको अस्पताल श्रोतलाई उद्धृत गर्दै वायरले जनाएको छ।

उनको मृत्यु हृदयाघातका कारण भएको टाइम्स अफ इन्डियाले जनाएको छ। सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गएको लोक सभा चुनाव लडेकी थिइनन्।

अहिले अस्पतालमा भारतका रक्षामन्त्री राजनाथ सिंहसहित वरिष्ठ मन्त्रीहरू र भाजपासहित अन्य दलका नेताहरू पुगेका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोना भाइरसबाट विश्वभर तीन करोड २१ लाख संक्रमित, ९ लाख ८२ हजारको मृत्यु

स्वराज २६ मे, २०१४ देखि पाँच वर्षसम्म भारतको विदेशमन्त्री थिइन्।

Maruti Cement