नेपाली नेताले यसरी सम्झिए सुस्मा स्वराजलाई

Prabhu Bank

काठमाण्डौ । नेपालका राजनीतिक दलका नेताहरुले भारतीय पूर्व विदेशमन्त्री तथा भाजपाकी नेतृ सुस्मा स्वराजको निधन प्रति दुख व्यक्त गरेका छन्।

Saftey Pads

स्वराजको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले गहिरो समवेदना व्यक्त गरेका हुन्।

यस्तै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वराजको निधनले आफू स्तब्ध भएको उल्लेख गर्दै भट्टराईले उनलाई उच्चस्तरिय राजनेताको रुपमा सम्झिइने बताएका हुन्।

आफूले व्यक्तिगत स्तरमा एक असल साथी गुमाएको उल्लेख गर्दै भट्टराईले ट्वीटमा हरियाणामा यूवा अवस्थामा रहँदा एक समाजवादीका रुपमा समेत स्वराजको स्मरण गरेका हुन्।

नेपालका परराट्रमन्त्री प्रदिप ज्ञवालीले पनि स्वराजप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। ज्ञवालीले स्वराज एक प्रतिवद्धता सहितकी दुरदृष्टी भएकी नेतृको रुपमा उल्लेख गरेका हुन्।

अन्य सम्बन्धित समाचार:  अमेरिकाको टेक्सासमा खानेपानीमा मानिसको मस्तिष्क खाने जीवाणु

भारतीय विदेशमन्त्री रहँदा स्वराजसँग दिपक्षीय हितमा नजिकमा रहेर काम गरेको स्मरण गर्दै ज्ञवालीले स्वराजप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्वराजको परिवार र भारत सरकारप्रति समवेदना व्यक्त गरेका छन्।

नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालाले स्वराजको निधनले साह्रै दुःखित बनाएको उल्लेख गरेकी छिन। भारतको राजनीतिमा स्वराजको नाम परिचित नाम भएको उल्लेख गर्दै कोइरालाले भारत र भारतीय जनताको विकासका लागि स्वराजले महत्वपूर्ण भूमिका खेलेको बताइन्।

स्वराजको निधनप्रति दुःख व्यक्त गर्दै कोइरालाले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेकी छिन्।

स्वराजको हृदयघातका कारण गएराती निधन भएको हो। सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ समेत रहेकी ६७ वर्षिया स्वराजको दिल्लीको एम्स अस्पतालमा निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। उनको आजै अन्त्यष्टि गरिने पनि बताइएको छ।

अन्य सम्बन्धित समाचार:  बसकाे ठक्करले स्कुटीमा सवार एकै परिवारका तीन जनाको मृत्यु
Maruti Cement