आफ्नै बुहारीको हत्या गरेको आरोपमा सासु ससुरा पक्राउ

Prabhu Bank

सप्तरी । सप्तरीमा गर्भवती बुहारीको हत्या गरेको आरोपमा सासु र ससुरा पक्राउ परेका छन्।

Saftey Pads

सप्तरी प्रहरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की १९ वर्षीया गर्भवती रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरेको हो।

आरोपितहरुले घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति ल्याउँदा पीडितको मृत्यु भइसकेको थियो।

मृतकको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। मृतक तीन महीनाकी गर्भवती रहेकी थिइन्।

अन्य सम्बन्धित समाचार:  Don’t Quit
Maruti Cement