विप्लव समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ

Prabhu Bank

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक केन्द्रीय सदस्यसहित तीन जनालाई पक्राउ परेका छन्।

Saftey Pads

प्रहरीले रुकुमबाट केन्द्रीय सदस्य श्यामबहादुर बोहरासहित अन्य दुईजना अखिल क्रान्तिकारीका विद्यार्थी नेतालाई पक्राउ गरेको हो।

शान्ति सुरक्षामा प्रभाव पार्ने जोकोहीलाई पनि प्रहरीले कानुनी दायरामा ल्याउने कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीले जानकारी दिए।

प्रहरीले देशभर विप्लव समूहविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ।

अन्य सम्बन्धित समाचार:  नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने
Maruti Cement