बालुवाटारको सुबिसु नेटवर्कमा आगलागी, नियन्त्रणको प्रयास जारी

Prabhu Bank

काठमाण्डौ । काठमाण्डौको बालुवाटारस्थित सुबिसु नेटवर्कको कार्यालयमा आगलागी भएको छ। बुधबार मध्यान्ह बालुवाटार चोकमै रहेको सुबिसुको सिस्टम शाखामा आगलागी भएको हो।

Saftey Pads

नजिकै पेट्रोलको रिजर्भ ट्यांक पनि रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

आगलागी भएको स्थान बिग मार्ट नजिकै रहेको उनले बताए। ज्ञवालीका अनुसार घटनास्थलमा प्रहरी र सेनाको टोली पुगिसकेको छ भने दमकल पनि पुगेका छन्।

पानी दमकलले आगो निभाउने अवस्था नदेखिएपछि त्रिभुवन विमानस्थलको फोमवाला दमकल मगाइएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  थप ९ प्रकारका स्यानिटाइजर गुणस्तरहीन: प्रयोग नगर्न आग्रह
Maruti Cement