विमानस्थलका अध्यागमन अधिकृत अख्तियारको नियन्त्रणमा

Prabhu Bank

काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमल प्रसाद पराजुली पक्राउ परेका छन।

Saftey Pads

भिजिट भिसामा विदेश जाने नेपालीलाई बिचौलियासँग मिली अध्यागमन अनुमति दिने र त्यसको अभिलेखसमेत नराख्ने गरेको पाइएपछि पराजुलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो।

उनलाई मंगलबार नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनले श्रमस्वीकृति नलिई कतार, दुवई तथा उक्त देशमा ट्रान्जिट भई अन्य मुलुक जाने व्यक्ति र कतार दुवईको भिजिट भिसामा प्रस्थान गर्न आएका व्यक्तिलाई बिचौलियासँग मिलेर मिलेमतोमा प्रस्थान अनुमति दिने गरेको खुलेको छ।

आयोगका अनुसार त्यसरी दिएको प्रस्थान अनुमति उनले अभिलेखबद्ध नगरी ‘डिपार्चर स्ट्याम्प’ लगाउने गरेका थिए।

यसबापत बिचौलियाबाट आर्थिक लाभ समेत लिएको कसुरमा उनीविरुद्ध अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिममा हुड्क्यौली परम्परा लोप हुँदै
Maruti Cement