पर्यटनमन्त्री भट्टराईद्वारा ५ सदस्यीय कार्यदल गठन

Prabhu Bank

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

Saftey Pads

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाल वायु सेवा निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा ५ सदस्यीय ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेका हुन्।

समितिका सदस्यहरुमा चार्टर एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, विमान चालक सुधीर शमशेर राई र सदस्य सचिवको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्।

राष्ट्र हित, जनताको हित र नेपाली ध्वजावाहक विमानको अन्तर्रा्ष्ट्रिय क्षेत्रमा प्रतिष्ठान बढने गरी एक महिनाभित्र सुझाव दिन सो कार्यदल गठन गरिएको मन्त्री भट्टराईले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  नुवाकोटमा पत्रकार कुटने सचिव पक्राउ

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो निगमको सुधारका लागि आफूले पटक–पटक त्यहाँको व्यवस्थापनसँग आवश्यक छलफल गरिरहेको पनि बताए।

मन्त्री भट्टराईले निगमका पदाधिकारीहरुसँग आफूले विजनेश प्लानको विषयमा पनि छलफल गरिरहेको बताए । उनले सो निगमलाई गर्व गर्न लायक बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।

Maruti Cement