नक्कली नोटसहित एक किशोर पक्राउ

Prabhu Bank

उदयपुर । उदयपुरको पूर्वी क्षेत्र चौदण्डीगढी नगरपालिका ५ मा नक्कली नोटसहित एक किशोर पक्राउ परेका छन्।

Saftey Pads

प्रहरीले नेपाली १ हजार दरका ४१ वटा नक्कली नोट लिएर पसलमा सामान किन्न गएको बेला स्थानीय १६ वर्षीय अनिल मियाँलाई पक्राउ गरेका हो।

स्थानीय एक किराना पसलमा सामान किन्न गएका किशोरले पसलमा दिएको नोट शंका लागेपछि चेक गर्दा नक्कली नोट पुष्टि भएको हो।

नक्कली नोट देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सुन्दरपुरमा खबर गरेका थिए।खबर प्राप्त गरेसँगै घटनास्थल पुगेको प्रहरी टोलीले किशोरलाई नोटसहित नियन्त्रणमा लिएको हो।

अन्य सम्बन्धित समाचार:  मोबाइलको टावर टिप्न रुख चढ्नुपर्ने !
Maruti Cement