साफ यू–१५ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

Prabhu Bank

काठमाडौं । भारतमा आयोजना हुन लागेको यू–१५ साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ।

Saftey Pads

मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन्।

घोषित टोलीको गोलकिपरमा ईश्वर गुरुङ, मनोज दाहाल र जेनिस केसी छन्। डिफेन्डरमा प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिस गुरुङ, अजय चौधरी, जान लिम्बु र रोशन थापा छन्।

मिडफिल्डमा जन्म जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, असिम राई, विपिन तुमसिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री र अनिल चौलागाई छन्।

यस्तै फर्वाडमा किसन अधिकारी यादव, कृष्ण सापकोटा, सुगन जिमी र शंशाक बोहरा छन्। साफ च्याम्पियनसिप अगस्ट २१ देखि भारतमा हुँदैछ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा कोलकाता ७ विकेटले विजयी

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्नेछ । त्यसपछि बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

Maruti Cement