मेरै कार्यकालमा मेलम्चीको पानी आउँछः खानेपानी मन्त्री

Prabhu Bank

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना आफ्नै कार्यकालमा पूरा हुने बताएकी छन्।

Saftey Pads

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले उनले आफ्नै कार्यकालमा मेलम्चीको खानेपानी काठमाडौं आउने बताएकी हुन्।

मेलम्चीका विषयमा आफूले सांसदहरुबाट धेरै पटक धेरै प्रश्न सुनेको र आफूले पनि धेरै पटक जवाफ दिइसकेको बताउँदै उनले नेपालको खानेपानी क्षेत्रमा धेरै चुनौती रहेकाले यसलाई नजरअन्दाज गर्न नसकिनेसमेत बताइन्।

नेपालको सबै क्षेत्रमा खानेपानी वितरण, स्रोत संरक्षण र पहिचान र व्यवस्थापन गर्न मन्त्रालयले खानेपानी विधेयक तयार गरिसकेकाले खानेपानी वितरण र आधारभूत खानेपानीको परिपूर्ति तथा पानीको निर्यात गर्ने लक्ष्य चाँडै नै हासिल गर्ने मन्त्री मगरले बताइन् ।

उनले देशभर ९२ प्रतिशत खानेपानी पुर्याउने प्रतिवद्धतामा केन्द्रित रही आधारभूत खानेपानीको परिपूर्ति र निर्यात गर्ने लक्ष्यमा रहेको बताइन्। सांसद रेखाकुमारी झाले खानेपानीका अधिकांश स्रोत सुकेको भन्दै मन्त्री मगरको ध्यानाकर्षण गराइन् ।

अन्य सम्बन्धित समाचार:  आर्सनल विजयी, म्यानचेस्टर युनाइटेड पराजित

साथै चुरे संरक्षणका लागि मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताइन्। यस्तै सांसद डिला सङ्ग्रौला पन्तले सरकारले ९२ प्रतिशतलाई शुद्ध खानेपानी वितरण गर्ने बताए पनि हाल ३० प्रतिशत जनताले पनि शुद्ध खानेपानी नपाएको बताइन्।

यस्तै सांसद आशाकुमारी बिकले दलित समुदायले निजी धारा जडान गर्ने पहँच नपुगेको र सार्वजनिक धारामा पानी भर्न जाँदा भेदभाव भोग्नु परेको भन्दै दलित समुदायलाई निजी धारा राख्न सरकारले पहल गर्नुपर्ने बताइन्।

सांसद प्रकाश रसाइलीले मेलम्ची आयोजनाको काम मन्त्रालयले ३ प्रतिशत बाँकी रहेको बताएको तर त्यति काम गर्न मन्त्रालयले ढिलाइ गरेकोबारे प्रश्न उठाए।

Maruti Cement