बहुविवाह गर्ने दुई जोडी पक्राउ

Prabhu Bank

भोजपुर । भोजपुरमा बहुविवाह गर्ने दुई जोडी पक्राउ परेका छन्।

Saftey Pads

जिल्ला प्रहरी कार्यालय भोजपुरले अरुण गाउँपालिका वडा नम्बर ४ चरम्बीका २६ वर्षीय टंक विक र कान्छी श्रीमती बनेर आउने १९ वर्षीय बसन्ती विकलाई पक्राउ गरेको हो।

उनीहरुलाई टंककी जेठी श्रीमती अमृता विकको जाहेरी पछि झापाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ।

त्यस्तै प्रहरीले बहुविवाह गर्ने रामप्रसाद राई गाउँपालिका वडा नम्बर– ५ मानेभञ्जयाङ फाक्लेका ३३ वर्षीय खगेन्द्र विक र कान्छी श्रीमती २६ वर्षीय हिमा राईलाई पक्राउ गरिएको जनाएको छ।

उनीहरुलाई जेठी श्रीमती मीना बराइली रसाइलीको जाहेरीका आधारमा घरबाटै पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरु विरुद्ध जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग

दुवै जोडीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहको थियो।

Maruti Cement