अफगानिस्तानमा कार बम बिस्फोट हुँदा १४ जनाको मृत्यु

Prabhu Bank

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा कार बम विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ, १ सय ५० जना घाइते भएका छन्।

Saftey Pads

प्रहरी चौकीलाई लक्षित गरी भएको बम विस्फोटबाट मारिने र घाइते हुनेमा सर्वसाधारण धेरै छन् । बिस्फोटबाट ठूलो आवाज आउनुका साथै धेरै धुवाँ उडेको थियो।

बम बिस्फोट तालिबानले गराएको दावी गरिएको छ।

तालिबानले भर्ती केन्द्रलाई लक्षित गरी विस्फोट गराएको बताएको छ। मारिनेमा प्रहरी र सैनिक रहेको उसको दावी छ। एजेन्सी

अन्य सम्बन्धित समाचार:  लागुपदार्थ सम्बन्धी साेधपूछमा किन राेइन् दीपिका पादुकोण?
Maruti Cement