ओखलढुंगामा बाघको आंतक, २१ वटा बाख्रा मार्‍यो, एक व्यक्ति घाइते

Prabhu Bank

ओखलढुंगा । ओखलढुंगाको पलापुमा बाघले आतंक मच्चाएको छ।

Saftey Pads

केही दिन यता जंगली बाघले जिल्लाको चम्पादेवी गाउँपालिका १ र २ मा पर्ने पलापुमा आतंक मच्चाएको हो।

पलापुमा तीन दिनको समयमा बाघले २१ वटा बाख्रा मारेको छ। बुधबार बिहान स्थानीय मसली मायाँको नौ वटा खसी–बोका सहितको नौ वटा बाख्रा मारेको छ।

यसअघि मंगलबार पलापुकै झलकबहादुर मगरको पाँच र बाबुराम श्रेष्ठको दुई वटा बाख्रा मारेको थियो। तीन दिन अघि स्थानीय बलबहादुर श्रेष्ठ, घनिमाया मगर, मेघबहादुर श्रेष्ठ, एकबहादुर श्रेष्ठ र असमन मगरको एक–एक वटा बाख्रा बाघले मारेको वडा अध्यक्ष कुलबहादुर श्रेष्ठले जानकारी दिए।

बाघले पशुचौपाय र मान्छेमा समेत आक्रमण गर्न थालेपछि घर बाहिर निस्कनै समस्या भएको उनको भनाई छ।
बाघको आक्रमणबाट पलापुका हिराबहादुर श्रेष्ठ घाइते भएका छन्। गोठमा काम गरिरहेको अवस्थामा श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो । उनको सिन्धुलीको खुर्कोटमा उपचार भईरहेको छ ।

अन्य सम्बन्धित समाचार:  मोबाइलको टावर टिप्न रुख चढ्नुपर्ने !

बाघ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय ओखलढुंगामा पहल गरिएको गाउँपालिका प्रमुख नवराज केसीले बताए।

बाघ नियन्त्रणका लागि जिल्लाबाट टोली मगाईएको अध्यक्ष केसीले बताए। रात दिन जुनसुकै समयमा बाघले आक्रमण गरी बाख्रा मार्न थाले पनि स्थानीय त्रसित बनेका छन्।

Maruti Cement