ट्रकले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

Prabhu Bank

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका ६, खयरघारीमा ट्रकले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।

Saftey Pads

गएराति काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लु१ख ४९६६ नम्बरको ट्रकले पैदलयात्री भारतीय नागरिक पश्चिम चम्पारनका ४० वर्षीय सत्यनारायण दासलाई ठक्कर दिँदा मृत्यु भएको हो।

दुर्घटनापछि घाइते भएका दासको धार्केस्थित शिवदर्शन अस्पतालमामा उपचारपछि थप उपचारका लागि नेसनल अस्पताल, कलङ्की लगिएकोमा उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भोलामानसिंह अधिकारीले जानकारी दिए।

दुर्घटना गराउने सवारीसाधन र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  वामदेवका कारण मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ
Maruti Cement