गायक जनक ताम्राकारको नयाँ गीत ‘लाउँदिन’

काठमाण्डौ । गायक जनक ताम्राकारको नयाँ गीत ‘लाउँदिन’ बजारमा आएको छ।

सञ्चारकर्मी समेत रहेका जनकले ‘लाउँदिन’ गीतको म्यूजिक भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।

गायक जनकको स्वर रहेको गीतमा महेश ताम्राकारले शब्द सङ्गीत गरेका छन्। डोटेली र नेपाली शब्द सङ्गीतको समिश्रण रहेको गीतको एरेन्ज शैलेन्द्र एम प्रधानले गरेका छन्।

गीतको म्यूजिक भिडियोमा जनक र मनिता गहतराजको अभिनय रहेको छ। गीतको छायाँकङ्न तथा सम्पादन प्रकाश जोन तामाङले गरेका छन्।

गायक जनकको जुनकिरी, ठेगाना भेटियो, काफल खान्या कुइयाँ, लौलौ सरर लगायतका गीत बजारमा रहेका छन्।

भिडियो हेर्नुहोस्

तपाईंको प्रतिक्रिया/टिप्पणी