प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण सकियो, शुक्रबार स्वेदश फर्किँदै

Prabhu Bank

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण सकिएको छ।

Saftey Pads

सिंगापुरस्थित नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरेका प्रधानमन्त्री ओलीको चेकजाँचपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट आएको हो।

प्रधानमन्त्रीको नियमित चेकजाँच सकिएकोले शुक्रबार स्वेदश फर्किँने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए।

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली साउन १८ गते ९ सदस्यीय टोलीसहित सिंगापुर गएका थिए।

सरकारले यसअघि नै ओलीको स्वास्थ्य परीक्षण र सिंगापुर बसाईंका क्रममा लागेको खर्च उनी आफैंले व्यहोर्ने जानकारी गराइसकेको छ।

सिंगापुर जानुअघि प्रधानमन्त्री ओलीले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेका थिए।

अन्य सम्बन्धित समाचार:  बाढीले विद्युत् प्राधिकरणको जीप बगायो, दुईको मृत्यु, एक बेपत्ता
Maruti Cement