भोजपुरमा नयाँ विमानको परिक्षण उडान सफल

Prabhu Bank

भोजपुर । भोजपुरको टक्सार बिमानस्थलमा नेपाल एयर लाईन्सको नयाँ जहाजले सफल परीक्षण उडान गरेको छ।
नेपाल एयर लाईन्सको नयाँ बिमान (वाई वाह्र)ले बुधबार परीक्षण उडान भरेको हो।

Saftey Pads

नयाँ उडानको पूर्वीपहाडी क्षेत्रमा यो दोस्रो रहको नेपाल वायुसेवा निगम भोजपुरले जनाएको छ। अबका दिनमा जहाजले आवश्यकता अनुसार उडान भर्ने नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख दिनेश कोइरालाले जानकारी दिए।

वाइलट आङ नुरी शेर्पाले जहाजका लागि टक्सार बिमानस्थल अनुकुल पाइएको प्रतिक्रिया दिएको नेपाल वायु सेवा निगम भोजपुरले जनाएको छ। नयाँ जहाजको १७ जनाको सिट क्षमता रहेको निगमको भनाई छ।

अहिले नेपाल वायुसेवा निगमको ट्वीन्अटर जहाजले भोजपुर–काठमाडौं बुधबार बाहेक हप्तामा ६ दिन र भोजपुर विराटनगर हप्तामा दुई दिन आइतबार र विहिबार उडान भर्दै आएको छ।

अन्य सम्बन्धित समाचार:  कपिलवस्तु: कोईली खोलामा बेपत्तामध्ये एक जनाको शव फेला
Maruti Cement