प्रेस यूनियनको महाधिवेशन मंसिरमा हुने

Prabhu Bank

काठमाडौं । नेपाल प्रेस यूनियनको आगामी महाधिवेशनको मिति तय गरिएको छ।

Saftey Pads

प्रेस यूनियनको सचिवालय बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

अध्यक्ष बद्री सिग्देलले मंसिर २८ र २९ गते यूनियनको नवौं महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए।

यूनियनले अहिलेसम्म ७१ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन सम्पन्न भइसकेको जनाएको छ।

प्रेस यूनियनका डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा जिल्ला शाखा छन् भने काठमाडौँ र कैलालीमा उपशाखा तथा सात प्रतिष्ठान शाखा छन्।

अध्यक्ष सिग्देलका अनुसार सचिवालय बैठकले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्य, प्रेस यूनियनका पूर्वअध्यक्ष समिरजंग शाह र पत्रकार कबिर राणालाई यूनियनको सल्लाहकारमा मनोनित गरेको छ।

अन्य सम्बन्धित समाचार:  अमेरिकाको टेक्सासमा खानेपानीमा मानिसको मस्तिष्क खाने जीवाणु
Maruti Cement