सासू बलात्कार गर्ने ज्वाइँ पक्राउ

Prabhu Bank

सल्यान । दिदी सासूलाई बलात्कार गरेको आरोपमा ज्वाइँ नाता पर्ने युवक पक्राउ परेका छन्।

Saftey Pads

कपुरकोट गाउँपालिका ५ रीम निवासी बोल्न नसक्ने ५२ वर्षीया सासूलाई घरमा कोही नभएको मौका पारी बलात्कार गरेको आरोपमा बुधबार ४२ वर्षीय एक युवकलाई पक्राउ गरेको हो।

मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी माइतीमा बस्दै आएकी महिलालाई बलात्कार गरेको गाउँका महिलाले देखेपछि पीडितका आफन्तलाई खबर गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज नरबहादुर खड्काले जानकारी दिए। पीडितको स्वास्थ्य परीक्षण बुधबार जिल्ला अस्पताल सल्यानमा गरिएको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ उपत्यकामा कोरोना संक्रमण नियन्त्रण बाहिर
Maruti Cement