नरेन्द्र मोदीले जम्मू–कश्मीर मुद्दाबारे देशबासीका नाममा संवोधन गर्ने

Prabhu Bank

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू–कश्मीरमा अनुच्छेद ३७० हटाएको विषयमा देशबासीका नाममा सम्वोधन गर्दैछन्।

Saftey Pads

विभिन्न सूत्रहरु प्रयोग गर्दै भारतीय संचारमाध्यमहरुले प्रधानमन्त्री मोदीले जनतालाई अनुच्छेद ३७० किन हटाउनु पर्यो भनेर चर्चा गर्नेछन्।

यो विधेयक सोमबार राज्यसभा तथा मंगलबार लोकसभाबाट पारित भएको थियो। राष्ट्रपति रामनाथ कोविन्दले हस्ताक्षर गरेपछि यसको प्रक्रिया सुरु हुनेछ। मोदी सरकारले जम्मू–कश्मीरमा अनुच्छेद ३७० हटाउने र जम्मू–कश्मीरलाई विभाजन गरेर जम्मू–कश्मीर तथा लद्दाख बनाउने घोष्णा गरेको थियो।

राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले बुधबार कश्मीर यात्रा गर्दै शोपियाँमा मानिसहरुसंग कुराकानी गरेका छन्।
त्यहाँको सुरक्षा सन्तोषजनक रहेको बताइएको छ। तर पुंछ जिल्लाको बाफ्लाइज क्षेत्रमा शान्ति भंग हुने आशंकाबीच ५०० भन्दा बढी मानिसहरुलाई सरकारले नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाका कारण भारतमा एकै दिनमा १ हजार १४१ जनाको मृत्यु

त्यहाँका पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला र महबुबा मुफ्तीलाई पहिलेदेखि नै गिरफ्तार गरेको छ भने राज्इमा टेलिफोन तथा इन्टरनेट सेवा बन्द छ। प्रधानमन्त्री मोदीले अगष्ट १५ मा पनि राष्ट्रका नाममा संवोधन गर्नेछन्।

Maruti Cement