बाढीपहिरो पीडितको राहतका लागि सरकारले चासो दिएनः यादव

Prabhu Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले बाढी पहिरो पीडितको व्यवस्थापनका लागि सरकारले कुनै पनि चासो नदेखाएको भन्दै आपत्ति जनाएकी छन्।

Saftey Pads

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस कोषाध्यक्ष यादवले सरकारसँग तत्काल बाढी पहिरो पीडितलाई राहतको व्यवस्था गर्न माग गरेकी हुन्।

कोषाध्यक्ष यादवले सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगका पदाधिकारीको नियुक्ति प्रक्रियाका बारेमा पनि कुरा राख्दै गर्दा निर्धाति शून्य समयको समय सकिएपछि पूरा गर्न भने पाइनन्।

अन्य सम्बन्धित समाचार:  साउदी अरबले बिहीबारदेखि श्रम भिसा दिने
Maruti Cement