संसद हलभित्र गर्मीमा गुम्सिएर बस्नुपरेको छः परियार

Prabhu Bank

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुजता परियारले संसद हलमा एसी नभएर गर्मिमा गुम्सिएर बस्नुपर्दा समस्या परेको बताएकी छन्।

Saftey Pads

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयममा बोल्दै उनले तीनदिनसम्म एसी बनाउन नसक्नु लापरबाही भएको बताएकी हुन्।

’यस सभाहलमा केही दिनदेखि एसी छैन। यति धेरै गर्मी बढेको महिनामा पनि गुम्सिएर सभाहलमा बस्नुपरेको छ’, उनले भनिन्, ’सुनिन्छ, एसीमा पानी छैन। पानी नभएर एसी चलेको छैन। सचिवालयबाट लिएको भाडाले के पानी किन्न नसकेको हो? पानी पेट्रोलभन्दा महंगो भएको हो?’

उनले तत्काल सम्बन्धित निकायलाई निर्देशन गर्न सभामुखलाई अनुरोध गरिन्।

अन्य सम्बन्धित समाचार:  अधिकांश स्थानमा मंगलबार रातभर वर्षा
Maruti Cement