ऊर्जामन्त्रीले दिए ‘श्री ३ महाराज’ भन्ने सांसदलाई जवाफ

Prabhu Bank

काठमाडौं । उर्जामन्त्री वर्षमान पुनले आफूलाई ‘श्री ३ महाराज’ भन्ने सांसदलाई जवाफ दिएका छन्।

Saftey Pads

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा ऊर्जामन्त्री पुनले जुम्लाका सांसद गजेन्द्रबहादुर महतलाई त्यसरी आक्रोश नपोख्न सुझाव दिदै जुम्लामा विद्युत आपूर्ति शुरू भइसकेको बताएका हुन्।

कर्णालीका सम्पूर्ण जिल्लालाई राष्ट्रिय प्रसारण लाइनमा आवद्ध गर्ने कार्यक्रम रहेको पुनको जवाफ थियो।

मन्त्री पुनले हरेक शुक्रवारको दिउँसो १२ बजेदेखि १ बजेसम्म जनतासँग सिधै हटलाइनमार्फत कुरा हुँदा आफूलाई जुम्लाको समस्या थाहा भइसकेको र समस्या समाधानका कदमहरू चालिसकेको जानकारी दिए।

मंगलवार बसेको बैठकमा जुम्लाका सांसद गजेन्द्रबहादुर महतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जामन्त्री वर्षमान पुनलाई श्री ३ महाराजको पगरी गुथाएका थिए। लामो समयदेखि जुम्लामा विद्युत् आपूर्ति नभएको भन्दै महतले घिसिङ र पुनमाथि आक्रोश पोखेका थिए।

अन्य सम्बन्धित समाचार:  घाइते सांसद प्रकाश स्नेहीको नर्भिकमा उपचार हुँदै
Maruti Cement